Sunday April 21, 2019  |    | 

हिमालय उर्जामा लगानीकर्ताको आकर्षण, आइपिओ जारी भएको २ दिनमै माग भन्दा बढी आवेदन

काठमाडौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले आइपिओ जारी गरेको दुई दिनमै माग भन्दा बढी आबेदन परेको छ ।

सेयर निष्काशन भएको दोश्रो दिननै माग भएभन्दा १.२५ गुणा बढी शेयर आबेदन परेको कम्पनीका प्रबन्धक प्रकाश दुलालले क्लिमाण्डुलाई बताए ।

हिमालय उर्जा विकास कम्पनी लिमिटेडले जारी गरेको १४,८५,००० कित्ता साधारण सेयर मध्ये कर्मचारीहरुलाई छुट्याइएको ३ % अर्थात ४४,५५० र सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको ५% अर्थात ७४,२५० कित्ताबाहेक बाँकी रहेको १३,६६,२०० कित्ता साधारण सेयर यहि चैत्र २० गते बाट सर्बसाधारणको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।

निष्काशित शेयर सङख्यामध्ये पहिलो दिननै २१,५८० जना आवेदकहरुले १६,७०,९०० कित्ता सेयरको लागि रु. १६ करोड ७० लाख ९० हजार रकम आवेदन गरेका थिए । अहिले बजारमा आएका जलविद्युत् कम्पनीको शेयर मध्ये प्रतिमेगावाट लागत कम भएका कारण लगानीकर्ताहरुको उत्साहजनक सहभागीता भएको समेत कम्पनीका प्रबन्धक प्रकाश दुलालले क्लिमाण्डुसँगको कुराकानीमा बताए ।


कम्पनीले रामेछाप र दोलखा जिल्लाको सिमा भएर बहने खिम्ति खोलामा १२ मेघावाटको उपल्लो खिम्ति र ७ मेघावाटकोे अपर खिम्ति गरी कुल १९ मेगावाटका आयोजनाहरु निर्माण गरिरहेको छ । १९ मेघावाट निर्माण गर्नको लागि लागत करिव ३ अर्व १५ करोड लाग्ने बताइएको छ । यसरी हेर्दा प्रति मेघावाट लागत करिव १६ करोड ५६ लाख मात्र रहेको छ भने दुवै आयोजना यहि २०७६ आषाढ मसान्तमा सम्पन्न हुने कम्पनीले बताएको छ ।

Public Notice Updates